१५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौँ, ४ भदौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले स्टाफ नर्स माग गरेको छ ।
अस्पतालले पाँचौं तह पदका लागि दरखास्त आव्हान गरेको हो ।
अस्पतालले आवश्यक संख्या नखुलाई केही पदमा करार सेवामा पदपूर्ति गर्ने सूचना जारी गरेको छ ।
सूचनामा योग्यता पुगेको व्यक्तिले आजको १५ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख गरेको छ ।
हेरौं सूचना: