पूर्वाञ्चललाई ५० सिट
काठमाडौँ, २९ साउन । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाउनका लागि ५० सिट पाएको छ ।
चिकित्सा शिक्षा आयोगको २१ औँ बोर्ड बैठकले हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट दिने निर्णय गरेको हो ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि एमबीबीएस पढाउन ५० सिट पाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले ५० सिट प्राप्त गरेको जानकारी दिदै एमडीएमएस पछि प्रतिष्ठानले नयाँ कार्यक्रमको रुपमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
अघिल्लो शैक्षिक सत्र देखि एमडी एमएस ८ सिट पढाईरहेको भन्दै उहाँले यो वर्षबाट एमबीबीएस पनि ५० सिटबाट सुरु गर्ने बताउनुभयो ।
प्रतिष्ठानमा यस अघि वीपीएच २० सिट, विएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट अध्ययन हुँदै आएको थियो । यसपटक बीएस्सी नर्सिङ २० बाट बढेर ३० पुगेको छ ।