• बिहीबार , ५ कात्तिक २०८३
  • images

     अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीद्वारा रक्तदान कार्यक्रमको आयोजना

     अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीद्वारा रक्तदान कार्यक्रमको आयोजना

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
     अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीद्वारा रक्तदान कार्यक्रमको आयोजना

    काठमाडौं, ४ साउन । अल नेपाल हस्पिटल प्रालि र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनको संयुक्त आयोजनामा  बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम अल नेपाल हस्पिटल प्रालि परिसर, सामाखुसी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक अभियान्ता, चिकित्सक, लायन सदस्यहरू तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

    images


    कार्यक्रमको समन्वय लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीका अध्यक्ष लायन अशोक बेल्बासे र अल नेपाल हस्पिटलका म्यानेजिङ डाइरेक्टर  सुमन पौडेलले गर्नुभएको थियो । 

    कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल डिस्टिक ३२५एम, नेपालका जिल्ला गभर्नर पीएमजेएफ लायन धनिराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले शुभकामना मन्तव्य दिँदै रक्तदानको सामाजिक र मानवीय महत्वमाथि प्रकाश पार्नुभयो । 

    साथै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबाट नर्सिङ इन्चार्ज अर्चना अधिकारीको नेतृत्वमा ६ जनाको प्राविधिक टोली उपस्थित रहेको थियो। यस टोलीले रक्त संकलनको सम्पूर्ण कार्य प्रभावकारी रूपमा सम्पन्न गरेको थियो।

    कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, स्थानीय अगुवाहरू, समाजसेवी, विद्यार्थी तथा युवाहरूले स्वेच्छिक रक्तदान गरेका थिए। 
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार