• बिहीबार , ५ कात्तिक २०८३
  • images

    प्रेम सागर कर्माचार्यद्धारा १८३ औँ पटक रक्तदान

    प्रेम सागर कर्माचार्यद्धारा १८३ औँ पटक रक्तदान

    सोमबार, असार २३ २०८२
    सोमबार, असार २३ २०८२
    प्रेम सागर कर्माचार्यद्धारा १८३ औँ पटक रक्तदान

    काठमाडौँ, २३असार । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८३ औँ पटक रक्तदान गर्नुभएको छ । 

     कञ्चनपुरमा समाजको जिल्ला शाखा गठन गर्ने क्रममा कर्माचार्यले शनिबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा रक्तदान गर्नुभयो। 

    images

    कर्माचार्य नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा हुनुहुन्छ ।  हरेक तीन तीन महिनामा रक्तदान गर्ने कर्माचार्यले आफू १६ वर्ष देखि यस कार्यमा लागेको बताउँउनुभयो ।


    ‘सुरुमा रहरले दिन थालियो पछि यो बानी र आवश्यकता भयो । मैले यो अभियानलाई देश व्यापी बनाउनु पर्छ भन्ने लाग्यो । खेर जाने रगतलाई कसैको ज्यान बचाउनका लागि उपयोग हुन्छ भने यस्तो पुन्य काम किन नगर्ने रु भनेर यसमा होमिएको हुँ,’ सतक रक्तदाता कर्माचार्यले भन्नुभयो ।

    जिल्ला शाखा गठन गर्ने र सोही अवसरमा रक्तदान गर्ने भनिएपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कन्चनपुरले शनिबार रक्तदान शिविर राखेको थियो ।

    पुजारको अध्यक्षतामा समाजको जिल्ला शाखा गठन

    यसैबीच शनिबार महेन्द्रनगरमा बसेको अगुवाहरुको भेलाले गोरक पुजारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कञ्चनपुर घोषणा गरेको छ । भेलाले मदनसिंह क्षेत्रीलाई उपाध्यक्ष, उत्तम बस्नेतलाई सचिव र विश्वम्भर नाथलाई कोषाध्यक्षमा चयन गरेको छ ।

    यस्तै गणेश बोहरा, वीरबहादुर चन्द, शैलेन्द्रराज जोशी, खेमराज ऐरी, कमला थापा पाण्डेय, गीता ओली, तुलसी पनेरु, विन्दु श्रेष्ठ र पिताम्बर जोशी सदस्य हुनुहुन्छ । 
    समितिको सल्लाहकारमा डा भोजराज पन्त, माननीय डा हिरा चन्द र प्रकाशबहादुर पाण्डेय हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार