• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    स्वास्थ्य विभागका महानिर्देशक डा. बाराकोटीलाई एक्युट निमोनिया, आईसीयूमा उपचार हुँदै

    स्वास्थ्य विभागका महानिर्देशक डा. बाराकोटीलाई एक्युट निमोनिया, आईसीयूमा उपचार हुँदै

    शुक्रबार, असार ६ २०८२
    शुक्रबार, असार ६ २०८२
    स्वास्थ्य विभागका महानिर्देशक डा. बाराकोटीलाई एक्युट निमोनिया, आईसीयूमा उपचार हुँदै

    काठमाडौँ, ६ असार । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटी गम्भीर बिरामी परेपछि  त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्छ ।

    तीन दिन देखि बराकोटिलाई  त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरि उपचार गरिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था  सुधारोन्मुख देखिएको छ ।

    images

     उपचारमा सम्लग्न चिकित्सक डा. शान्तकुमार दासले डा. बाराकोटीलाई  निमोनिया देखिएको जानकारी दिदै  जीउ दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो भएपछि अस्पताल आउनुभएको बताउनुभयो ।

    डा दाशले महानिर्देशक डा. बाराकोटीलाई एक्युट निमोनिया भएको जानकारी दिनुभयो। 

     एक्सरे गर्दा  निमोनिया देखिएको जानकारी दिदै उहाँले अहिले अक्सिजन लेभल पनि घटेकाे र भोली आईसीयूबाट वार्ड तर्फ सार्न लागिएको बताउनुभयो ।


     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार