• बिहीबार , ५ कात्तिक २०८३
  • images

    भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाको नि:शुल्क शल्यक्रिया  हुने

    भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाको नि:शुल्क शल्यक्रिया  हुने

    मंगलबार, असार ३ २०८२
    मंगलबार, असार ३ २०८२
    भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाको नि:शुल्क शल्यक्रिया  हुने

    भक्तपुर, ३ असार  । भक्तपुर अस्पतालमा पाठेघर (आङ) खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया  हुने भएको छ।

    शल्यक्रिया  असार १० देखि १२ गते सम्म  सञ्चालन हुने छ । 

    images

    अस्पतालका निमित्त निर्देशक  डा सुरेन्द्र भट्टले
    यस कार्यक्रम अन्तर्गत  आङ खस्ने समस्या भएका महिलाहरूको पहिचान गरिने र ऊनीहरुको निःशुल्क शल्यक्रिया गरिने  जानकारी दिनुभयो  ।

     उहाँले हाम्रो समाजमा अझै पनि  आङ खस्ने समस्या लुकाउने गरिएको जानकारी दिदै शल्यक्रिया गरेर सजिलै ठिक  हुने भएकोले रोग लुकाएर बस्न नहुने बताउनुभयो ।

    पाठेघर (आङ) खस्ने समस्या  मुख्यतः धेरैपटक सुत्केरी भइसकेका महिलालाई हुने गर्दछ ।

    रोगलाई चिकित्सकीय भाषामा “युटेराइन प्रोलाप्स” भनिन्छ। यो समस्या महिलाको पाठेघर (गर्भाशय) आफ्नो सामान्य स्थानबाट तल झर्ने अवस्थालाई जनाउँछ।

      यौनांगबाट मांसलो पदार्थ झुण्डिनु, तल्लो पेट दुख्नु, पिसाब फेर्न गाह्रो हुनु वा बारम्बार पिसाब लाग्नु, ढाड दुख्ने समस्या आङ खस्मे समस्याको लक्षण हुन् ।

    आङ खस्ने समस्या भएका महिलाले डा. अनु श्रेष्ठको मोबाइल नम्बर ९८५१३३३७१७ र रोशनी श्रेष्ठको मोबाइल नम्बर ९८४१०९६०२४ मा सम्पर्क गरी शल्यक्रिया आवश्यक भएका महिलाहरुको नाम टिपाउन सक्ने छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार