• मंगलबार, ३ कात्तिक २०८३
  • images

     स्वास्थ्यमा लुम्बिनी प्रदेशको बजेट ४ अर्ब ९५ करोड 

     स्वास्थ्यमा लुम्बिनी प्रदेशको बजेट ४ अर्ब ९५ करोड 

    आइतबार, असार १ २०८२
    आइतबार, असार १ २०८२
     स्वास्थ्यमा लुम्बिनी प्रदेशको बजेट ४ अर्ब ९५ करोड 

    दाङ, १ असार । स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले ४ अर्ब ९५ करोड बजेट छुट्याएको छ ।

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ का लागि स्वास्थ्यमा ४ अर्ब ९५ करोड बजेट छुट्याएको हो ।
    लुम्बिनीमा कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट छुट्याइएको छ । 

    images

    जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन भएको छ ।

    आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणमा बजेटलाई प्राथमिकतामा राखेको बताउनुभयो । 
     । बजेट वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार