काठमाडौँ, १६ जेठ। मानिसलाई ज्युउँदै इँट्टाभट्टामा जलाएको अभियोगमा जन्मकैद पाएपछि उच्च अदालतबाट दुईदिन अघि छुट्न सफल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ ।
उहाँलाई शुक्रबार बिहान ९ बजे मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ ।
रौतहटमा मानिसलाई इटाभट्टामा ज्युउँदै जलाएको आरोपमा उहाँलाई ६ बर्ष जेल जिवन बिताउनुभएको थियो । गत बुधबार मात्रै रिहा हुनुभएका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएको छ, न्यूरो अस्पतालका एक चिकित्सकले भन्नुभयो,“उहाँको आईसीयूमा भर्ना गरि उपचार सुरु भएको छ ”
परिवारले लक्षण देखिएको साढे ३ घण्टा भित्रमा अस्पताल पु¥एको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई एक्युट स्ट्रोक भएको हो । उहाँले समयमै औषधी चलाउँदा सुधार आएको जानकारी दिनुभयो ।