भक्तपुर,१५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्दोलनरत आवासीय चिकित्सकलाई काममा फर्कन आग्रह गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्र अत्यावश्यक र संवेदनशील भएकाले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभएको हो ।
नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालको १७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले सरकारलाई दवाव दिन आन्दोलनका नाममा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्र बन्द गरेर बिरामीलाई दुःख नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल नगरबासीका साथै सबै सेवाग्राहीका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताउनुभयो ।
वार्षिकोत्सवकै दिन पारेर आजदेखि अस्पताललमा ब्लड बैंकको समेत स्थापना भएको छ । ब्लड बैंकको मन्त्री पौडेलले उदघाटन गर्नुृभएको थियो । मध्यपुर थिमि नगरपालिकाले नगरबासीलाई निःशुल्क रक्तसेवा प्रदान गर्दै आएको छ ।