• शनिबार, ७ कात्तिक २०८३
  • images

    चलचित्र ‘लाज शरणम्’ मा कुपोषित पात्रको कुपोषणकै कारण निधन

    चलचित्र ‘लाज शरणम्’ मा कुपोषित पात्रको कुपोषणकै कारण निधन

    मंगलबार, चैत १९ २०८१
    मंगलबार, चैत १९ २०८१
    चलचित्र ‘लाज शरणम्’ मा कुपोषित पात्रको कुपोषणकै कारण निधन

    काठमाडौं, १९ चैत। नेपाली चलचित्र ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा देखिनुभएका  विकास केसीको कुपोषणकै कारण निधन भएको छ।

    लाज शरणम चलचित्र  टोलीले उहाँलाई आवश्यक सहयोग गरेको तर बचाउन नसकिएको जनाएको छ।

    images

    मंगलबार जाजरकोटस्थित आफ्नै घरमै केसीको ल निधन भएको हो। २०६६ साउन १ मा जन्मिनुभएका  केसीलाई सुटिङपछि जटिल कुपोषणको उपचारका लागि काठमाडौं ल्याएर ग्रीनसीटी अस्पतालमा उपचार थालिएको थियो। 
    सो अस्पतालमा उपचार सम्भव नभएपछि  पुन: कान्ति अस्पताल लगिएको थियो।

    कान्तिमासमेत उपचार नभएपछि केसीलाई पुनः कर्णाली फर्काइएको थियो। 

    चलचित्रका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले कुपोषणका कारण नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
    `बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो। यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस्। कसैलाई सुनाउनु नपरोस्। यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौं।´ निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

    उहाँले चलचित्रमार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको बताउनुभयो  । चलचित्र ‘लाज शरणम्’ परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ। कर्णालीमा ५० हजार बालबालिका कुपोषणबाट पीडित छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार