• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौँमा अन्तराष्ट्रिय मधुमेह सम्मेलन हुने 

    काठमाडौँमा अन्तराष्ट्रिय मधुमेह सम्मेलन हुने 

    आइतबार, माघ २७ २०८१
    आइतबार, माघ २७ २०८१
    काठमाडौँमा अन्तराष्ट्रिय मधुमेह सम्मेलन हुने 

    काठमाडौँ,२७ माघ । आगामी फागुनमा अन्तराष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ ।
    काठमाडौँमा सम्पन्न हुन लागेको मधुमेह सम्मलेन फागुन १७ गते हुने भएको हो । 

    धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सको सहकार्य रहने छ । 
    धनयोगा फाउण्डेशनले आईतबार गरेको पत्रकार सम्मेलनमा साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलले
    दक्षिण एशियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा मधुमेह सम्मेलन गर्न लागिएको बताउनुभयो । 

    सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने छ । डा.प्याकुरेलका अनुसार सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने छ । 

    सम्मेलनमा अमेरिका र भारतका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकहरुले सम्मेलनमा ‘की नोट स्पिकर’ का रुपमा नेपाल आउने तय भएको छ । 
    धनयोगा फाउण्डेशनकी अध्यक्ष स्मृति शर्मा तिवारीले सातै प्रदेशमा मधुमेह केन्द्र विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले धनयोगा फाउन्डेसनले सात प्रदेशमा सेन्टर स्थापना गर्ने जानकारी दिदै हालसम्म पाँच हजार ब्यक्तिमा मधुमेह सम्बन्धि कार्यक्रम लिएर पुगिसकेको बताउनुभयो ।

     
    डा प्रज्वल प्याकुरेलले सम्मेलनमा मधुमेहमा भएका अनुसन्धान बारे छलफल गर्ने बताउनुभयो । सम्मेलनमा अन्तरास्ट्रिय बक्ताहरु कार्यक्रममा आउने जानकारी दिदै प्यानल छलफल हुने बताउनुभयो । मधुमेहमा कुन देशमा नयाँ नयाँ अध्ययन भइरहेको छ ,त्यसबारे पनि जानकारी गराइनेछ । 
    सम्मेलनले मधुमेहको रोकथाम र ब्यबस्थापनमा सहज हुने, विभिन्न रिसर्चहरु बारे अनुसन्धान हुनेछ । 
    अमेरिकाका विभिन्न बिश्वविधालयबाट प्रोफेसरहरु आउनेछ्न, प्याकुरेलले भन्नुभयो,“ विश्व स्वास्थ्य संगठन , स्वास्थ्य मन्त्रालय , एनसिडि अलायन्स लगायतका २० जना बक्ता हुनेछन् भने २०० जना सहभागीहरु हुनेछन् ।
    गाउँ गाउँमा पनि मधुमेह बढीरहेको भन्दै उहाँले  मानिसको जिवनशैली सुधार ल्याउन सकिएमा मधुमेह कम गर्न सकिने बताउनुभयो । 
    नेपालमा मधुमेहको अनुसन्धान भइरहेको भन्र्दै शहरी र ग्रामीण क्षेत्रमा तुलना गर्दा पछिल्लो समय  गाउँमा पनि मधुमेह बढीरहेको बताउनुभयो ।

    पूर्व मधुमेह र पूर्व रक्तचाप लाई घटाउन सके ५८ प्रतिशतले मधुमेहलाई घटाउन सकिने उहाँको भनाई छ  । शहरी क्षेत्रमा मधुमेह बढिरहेको भन्दै उहाँले  नेपालमा टाइप वन मधुमेह बढीरहेको बताउनुभयो । 
    नयाँ पुस्तालाइ पनि मधुमेह बारे जानकारी गराउनुपर्ने उहाँको भनाई छ । 


    कार्यक्रममा धनयोगा फाउण्डेशनका संयोजक कमल विश्वकर्माले भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग  प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा राजु पन्त, अमेरिकाबाट डा अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा  रोबिन मास्के, भारतका डा निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा ग्याम्पो दोर्जी लगायतको सहभागिता हुने छ । 

     

    सम्मेलन काठमाडौंको रोयल टुलिप द मेसीफ होटलमा हुने भएको हो।

    धन योगा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुलक संस्था हो। यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ।

    धन योगा फाउण्डेसन नेपालकी अध्यक्ष स्मृती शर्मा तिवारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार