• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल नेशनल हस्पिटलमा डायलासिस सेवा सुरु

    नेपाल नेशनल हस्पिटलमा डायलासिस सेवा सुरु

    अर्थमन्त्री पौडेलद्वारा उद्घाटन 

    शुक्रबार, माघ २५ २०८१
    शुक्रबार, माघ २५ २०८१
    नेपाल नेशनल हस्पिटलमा डायलासिस सेवा सुरु

    काठमाडौं, २५ माघ ।  नेपाल नेशनल हस्पिटलले डायलासिस सेवाको शुभारम्भ गरेको छ । 
    शुक्रबार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डायलासिस सेवाको शुभारम्भ गर्नुभयो । डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।
    उहाँले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताउनुभयो।

    उहाँले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको बताउनुभयो ।

    उहाँले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताए ।

    कार्यक्रममा बोल्दै नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एकजना मिर्गौलाको बिरामी रहेको तथ्यांक रहेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार