• सोमबार, २ कात्तिक २०८३
  • images
    गर्भवती महिला

     अस्पताल लग्दै गर्दा गर्भवती महिला र शिशुको बीचबाटोमै मृत्यु

     अस्पताल लग्दै गर्दा गर्भवती महिला र शिशुको बीचबाटोमै मृत्यु

    सोमबार, पुस २२ २०८१
    सोमबार, पुस २२ २०८१
     अस्पताल लग्दै गर्दा गर्भवती महिला र शिशुको बीचबाटोमै मृत्यु

    बझाङ, २२ पुस । बझाङमा गर्भवती महिला र शिशुको बिचबाटोमै मृत्यु भएको छ।

    जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो। 
    केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पु¥याउनुपर्ने थियो। तर उनको अस्पताल लैजादालैजादै बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।

    images

    वडाअध्यक्ष वीरबहादुर भण्डारीले बच्चा जन्मिएको केही समयमै दुबै जनाको मृत्यु भएको बताए। 
    उनले घटनाको विषयमा पछि मात्र जानकारी पाएको बताए। घटना घटिसकेपछि खबर आएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाए पनि आमा र शिशुलाई बचाउन नसकिएको उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार