• शनिबार, ७ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा जनशक्तिको अभाव पूरा हुन्छ : स्वास्थ्यमन्त्री 

    स्वास्थ्यमा जनशक्तिको अभाव पूरा हुन्छ : स्वास्थ्यमन्त्री 

    दुई सय शय्याका अस्पतालमा नर्सिङ कार्यक्रम  सञ्चालन गरिने

    सोमबार, भदौ २४ २०८१
    सोमबार, भदौ २४ २०८१
    स्वास्थ्यमा जनशक्तिको अभाव पूरा हुन्छ : स्वास्थ्यमन्त्री 

    काठमाडौँ, २४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको स्वास्थ्यकर्मी लगायतका जनशक्ति अभाव पूरा गर्न  लागिपरेको बताएका छन् ।

    चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए ।

    images


    मन्त्री पौडेलले सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबिबिएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ् कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताए ।

    उनले भने, “अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।” तत्कालका लागि ६ प्रदेशका एक/एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पु¥याउने विषयमा गृहकार्य थालिएको उनले बताए ।

    मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताए। चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताए । उनले भने, “चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छौँ, सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन । यस्ता बिदा वर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ ।”

    मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार