• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    औषधि व्यवसायीसंग घुस लिने लेखा अधिकृत कोइराला विरुद्ध भ्रष्टाचार मुद्दा

    औषधि व्यवसायीसंग घुस लिने लेखा अधिकृत कोइराला विरुद्ध भ्रष्टाचार मुद्दा

    बिहीबार , साउन ३१ २०८१
    बिहीबार , साउन ३१ २०८१
    औषधि व्यवसायीसंग घुस लिने लेखा अधिकृत कोइराला विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, ३१ साउन । औषधि व्यवसायीसंग घुस लिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीसँग घुस लिएको आरोपमा ऊनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
    कोइरालाले आर्थिक वर्ष २०८०/८१ मा औषधी आपूर्तिको बिल भुक्तानी दिए बापत एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजार चेकसहितको घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

    images

    यसैगरी, २०७९ जेठ २८ गते ४४ हजार रुपियाँ र पुनः मिति २०७९ कात्तिक ६ गते ६० हजार रुपियाँ गरी एक लाख चार हजार रुपियाँ सापटी लिएको भएपनि दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फिर्ता नगरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगका अनुसार कोइरालाविरुद्ध सो ऐन बमोजिम कैद गरी बिगो जफत हुन मागदाबी लिई बिहीबार विशेष अदालत  काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार