• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त

    सोमबार, वैशाख ३१ २०८१
    सोमबार, वैशाख ३१ २०८१
    स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त

    काठमाडौं, ३१ वैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। 

    जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।

    images

    नवनियुक्त मन्त्री यादवले सोमबार नै राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका छन्। मन्त्रीको सपथ खाए लगत्तै उनी मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो। उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादव मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन्।

    यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन्। उनले पनि सपथ लिइसकेकी छिन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार