• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधामा अवार्ड प्रदान

    स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधामा अवार्ड प्रदान

    शुक्रबार, चैत ३० २०८०
    शुक्रबार, चैत ३० २०८०
    स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधामा अवार्ड प्रदान

    काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा विभिन्न दश वटा विधामा अवार्ड प्रदान गरिएको छ। 
    तीन दिनसम्म चलेको सम्मेलन शुक्रबार सम्पन्न भएको हो। समापन कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड प्रदान गरेका हुन्।


    सम्मेलनमा वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टर तर्फ प्रतिक्षा पौडेलले पाएकी छिन्। वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड ओरल तर्फको किरण आचार्यले पाएका छन्।

    images

    जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३ गंगा जिसीले पाएकी छिन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ ९चिकित्सक० डा गम्भीर श्रेष्ठले पाएका छन्।

    मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ ९परिषद् कर्मचारी० तर्फ प्रदीप बेल्बासेले पाएका छन्।


    यस्तै, योङ हेल्थ रिसर्च अवार्डमा सुनील श्रेष्ठ, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४ डा आलोक आत्रेय, एचएचआरसी वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले पाएको छ।

    यसैगरी, एनएचआरसी बेष्ट परफर्म अवार्ड पुस्तकालयका चन्द्रभुषण यादवले पाएका छन्।

    लाइफ टाइम एचिभमेन्ट अवार्ड डा मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार