स्वास्थ्य अनुसन्धानलाई नयाँ उचाइमा पु¥याउँने प्रतिबद्धता
काठमाडौं, ९ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा. प्रमोद जोशीले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकता दिई नयाँ उचाइमा पु¥याउने बताएका छन् ।
आज रामशाहपथस्थित कार्यालयमा पदबहाली गर्दै उनले स्वास्थ्य अनुसन्धानलाई नयाँ उचाइमा पु¥याउने बताएका हुन् ।
डा. जोशीले सात वटै प्रदेशमा स्वास्थ्य अनुसन्धान सम्बन्धी तालिम, गोष्ठीहरु तथा हालसम्म सम्पन्न भएका अनुसन्धानबाट प्राप्त नतिजाहरुको प्रवोधिकरण यही आर्थिक वर्षभित्र सुरुवात गर्ने पहिलो निर्णय गरेका छन् । डा. जोशीले परिषद्लाई नयाँ उचाइमा पु¥याउन सबैको सहकार्य आवस्यक रहेको बताए ।

आगामी दिनमा वार्षिक योजनाअनुसार परिषद्लाई अगाडि बढाउने उनको भनाइ थियो । परिषद्का निमित्त प्रशासकिय प्रमुख तथा वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नवनियुक्त सदस्य सचिव डा. जोशीलाई परिषद् परिवारमा स्वागत गरेका थिए ।
डा.जोशीले परिषद्ले स्वास्थ्य अनुसन्धानका विषयलाई समेटेर अगाडि बढ्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्य अनुसन्धानका नीति तथा मापदण्ड बनाउनुपर्ने बताए ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा परिषद्का पूर्व अध्यक्ष प्रा.डा. अन्जनीकुमार झा, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोध शर्मा, परिषद्का कार्यकारी समिति सदस्य डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. संजीव तिवारी, डा.विप्लव सापकोटा, डा.पवनकुमार हमाल गायत उपस्थिति रहेको थियो ।
डा.जोशीलाई सरकारले ६ फागुनमा परिषदको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका उनी त्यसअघि गेटा अस्पतालको प्रमुख थिए । त्यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक भइसकेका थिए ।
