काठमाडौं,७ फागुन । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
डा जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन्।
डा जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्।
परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो।
रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो।