• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चिकित्सक संघ र साथसाथै संस्थाले जलवायु क्षेत्रमा काम गर्ने 

    चिकित्सक संघ र साथसाथै संस्थाले जलवायु क्षेत्रमा काम गर्ने 

    शुक्रबार, फागुन ४ २०८०
    शुक्रबार, फागुन ४ २०८०
    चिकित्सक संघ र साथसाथै संस्थाले जलवायु क्षेत्रमा काम गर्ने 

    काठमाडौं, ४ फागुन । नेपाल चिकित्सक संघ र सामाजिक संस्था साथसाथैबीच जलवायूका क्षेत्रमा संयुक्तरुपमा काम गर्ने गरी बिहीवार सम्झौता भएको छ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका  वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।

    images

    स्वास्थ्य, शिक्षा, सामाजिक सचेतनासहित दुई संस्थाबीच सहकार्य हुने आपसी सम्झौतापत्रमा उल्लेख छ। सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा अनिल विक्रम कार्की र साथसाथैबाटअध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका छन्।

    साथसाथैले सगरमाथा हिमालसहित विभिन्न हिमालय क्षेत्र, मेलम्ची र मधेशमा जलवायु न्यायका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ। आउँदो मार्च ८ तारिखमा जलवायू परिवर्तनबाट पारेको असरको न्यूनिकरणका लागि ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रकाअगुवा महिलाहरुले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा समेत गर्दैछन्। 

    यस सम्झौताले स्वाथ्य क्षेत्रमा सहकार्य गर्न हामीलाई थप उर्जा मिलेको  संघका अध्यक्ष डा कार्कीले बताए।

    साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायू परिवर्तनले मानिसको स्वास्थ्य क्षेत्रमा समेत गम्भीर असर परेको र नेपाल चिकित्सक संघसंग सहकार्य गर्दै अघि बढ्ने सम्झौतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा प्रभावकारी ढंगबाट हौसला मिल्ने समेत बताइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार