• बिहीबार , ५ कात्तिक २०८३
  • images

    प्रेमसागर कर्माचार्यद्धारा १७७ औँ पटक रक्तदान

    प्रेमसागर कर्माचार्यद्धारा १७७ औँ पटक रक्तदान

    आइतबार, माघ २८ २०८०
    आइतबार, माघ २८ २०८०
    प्रेमसागर कर्माचार्यद्धारा १७७ औँ पटक रक्तदान


    काठमाडौँ, २८ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले १७७ औँ पटक रक्तदान गरेका छन् ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले १७७ औँ पटक रक्तदान गरेका हुन् । 

    images

    ‘डडेल्धुराको बागबजार भन्ने ठाउँमा पुगेर रक्तदान गरेँ, काठमाडौँको बागबजारको मान्छे डडेल्धुराको बागबजारमा पुगेर रक्तदान गर्न पाउँदा खुशी छु,’ अध्यक्ष कमाचार्यले भने ।

    समाजका डडेल्धुरा जिल्ला शाखा अध्यक्ष उपेन्द्र जोशीको सभापतित्वमा भएको कार्यक्रममा नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने कर्माचार्यलाई सम्मान गरिएको थियो ।

    कर्माचार्यले पछिल्ला केही बर्षमा देशका विभिन्न जिल्लामा पुगेर समाजको जिल्ला शाखा गठन तथा रक्तदानबारे जनचेतना जगाउने कार्य गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार