सिन्धुपाल्चोक, १७ माघ । जिप दुर्घटना हुदाँ दुई भुटानी नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना भएको थियो।
इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो ।
उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिए । गम्भीर घाइते भएका अन्य चारजनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।
उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन् ।
अधिकाँशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ ।
उक्त जिप हेलम्बुको मिलारेपा गुफा जाँदै थियो । गुम्बा जाने कच्ची सडकमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।