बारा, १५ माघ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती बाराले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल द्वारा संस्थाको ३४ सौं स्थापना दिवसको उपलक्षमा मंगलबार एकै समयमा देशभर १६ वटा जिल्लामा वृहत् रक्तदान कार्यक्रम भएको थियो ।
मधेश प्रदेश अन्तरगत बारा जिल्ला कार्यसमिति द्वारा श्री कृष्ण प्रणामी मन्दिर सिमरा औराहामा एकसय जनाले रक्तदान गरिसकेका थिए । उक्त कार्यक्रममा प्रमुुख अतिथि साहित्याचार्य जनार्दन घिमिरे महाराजले पनि रक्तदान गर्नु भएको थियो भने सशस्त्र नेपाल प्रहरीका अधिकारी सहित जवान हरूले पनि रक्तदानमा सहभागी हुनु भएको थियो ।
‘रक्तदान नै जीवनदान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाता हरूलाई विदुषी उषा घिमिरे माताजी र साहित्याचार्य जनार्दन महाराजजीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
जिल्ला अध्यक्ष सुमन सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
रक्तदानका थप तस्विरहरुः
