• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य समूहको सहित एकैपटक ११ सय बढी स्थायी कर्मचारी माग

    स्वास्थ्य समूहको सहित एकैपटक ११ सय बढी स्थायी कर्मचारी माग

    हेल्दीखबर
    आइतबार, माघ ७ २०८०
    हेल्दीखबर
    आइतबार, माघ ७ २०८०
    स्वास्थ्य समूहको सहित एकैपटक ११ सय बढी स्थायी कर्मचारी माग

    हेटौँडा, ७ माघ  । बागमती प्रदेशको लोक सेवा आयोगले एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ ।

    प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिने छ।
    उक्त विज्ञापनमा स्वास्थ्य समूहबाट पनि आवेदन माग गरिने छ। आयोगले नर्सिङ , अनमी ,एचए तथा प्रयोगशाला तर्फ पनि जनशक्ति माग गर्दैछ ।

     आयोगले हालसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गर्न लागेको हो।

    बागमती प्रदेश सरकारका मन्त्रालय तथा बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी  माग गरेको हो ।

    प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिने भएको हो ।

    आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले विभिन्न समुहमा विज्ञापन हुने बताए । उनले लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक सङ्ख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न लागिएको बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार