काठमाडौँ, ३१ भदौ । डा. त्रिभुवन चन्द्र झा भक्तपुर अस्पतालको प्रमुखमा नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश सरकारले झालाइ अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा नियुक्त गरेको हो ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा झालाई भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा जिम्मेवारी दिने निर्णय गरको हो । एमडीजीपी डा झा १० औँ तहका चिकित्सक हुन् ।
झा यसअघि सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालमा थिए । त्यसअघि उनी धादिङ अस्पतालमा कार्यरत थिए ।
यसअघि भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुमित्रा गौतम थिईन् ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दरबन्दी भएकी डा गौतम काजमा भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट बनेकी थिईन् । सरकारले गत साउन देखि काज फिर्ता गर्ने निर्णय गरेपछि डा गौतम भक्तपुर अस्पतालको नेतृत्व तहबाट बारिरिएकी हुन् ।