• मंगलबार, ३ कात्तिक २०८३
  • images

    देशभरी आँखा पाक्ने समस्या, प्रमुख कारण इन्टेरो भाइरस

    देशभरी आँखा पाक्ने समस्या, प्रमुख कारण इन्टेरो भाइरस

    हेल्दीखबर
    शनिबार, साउन २७ २०८०
    हेल्दीखबर
    शनिबार, साउन २७ २०८०
    देशभरी आँखा पाक्ने समस्या, प्रमुख कारण इन्टेरो भाइरस


    काठमाडौँ, २७ साउन  । देशव्यापी रुपमा आँखा पाक्ने रोगको प्रकोप बढेको छ । 
    आँखा पाक्ने रोगको प्रमुख कारण इन्टेरो भाइरस भएको पुष्टि भएको छ । 
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० जनामा गरेको पिसिआर परीक्षणमा ८० प्रतिशतमा आँखा पाक्ने समस्या भएका व्यक्तिमा इन्टेरो भाइरस पुष्टि भएको पाइएको  छ । 

    साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरस कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिबाट नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा ८ जनामा इन्टेरो भाइरस पुष्टि भएको थियो । प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले ती नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनामा इन्टेरो भाइरस देखिएको जानकारी दिनुभयो । उहाँले पाटन अस्पतालबाट ल्याइएका नमुनामा आठ जनामा इन्टेरो भाइरस पुष्टि भएको जानकारी दिनुभयो । 

    images

    उहाँले देशभर फैलिरहेको आँखा पाक्ने सङ्क्रमण रोगको मुख्य कारण पत्ता लगाउन नेपाल नेत्रज्योति सङ्घ र नेपाल अफ्थालमिक सोसाइटीसँग सहकार्य गरेर सात वटै प्रदेशबाट थप नमुना सङ्कलन गरी परीक्षण गर्ने योजना रहेको जानकारी दिनुभयो । विभिन्न समयमा सङ्क्रमणका रूपमा फैलिने भाइरल कन्जक्टिभाइटिस मुख्य कारण भाइरस सङ्क्रमण हो । उहाँले सङ्क्रमणको ८० प्रतिशत  एडिनो भाइरसका कारण हुने गरेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार