• सोमबार, २ कात्तिक २०८३
  • images

    अङ्गदान सम्बन्धि जनचेतना जगाउन ‘पुनर्जन्म’ वृत्तचित्र प्रदर्शन

    अङ्गदान सम्बन्धि जनचेतना जगाउन ‘पुनर्जन्म’ वृत्तचित्र प्रदर्शन

    हेल्दीखबर
    शनिबार, साउन १३ २०८०
    हेल्दीखबर
    शनिबार, साउन १३ २०८०
    अङ्गदान सम्बन्धि जनचेतना जगाउन ‘पुनर्जन्म’ वृत्तचित्र प्रदर्शन

     

    काठमाडौँ, १३ साउन । नेपालमा मस्तिष्क मृत्यु सम्बन्धि कानुन पारित भएको सात वर्ष भईसक्यो । तर कानुन भएपनि मस्तिष्क मृत्युपछि अङ्ग प्रत्यारोपण गराउनेको संख्या न्यून रहेको छ । 
    भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्क अनुसार मस्तिष्क मृत्युबाट हालसम्म ३ जनाको कलेजो र १० जनाको मिर्गौला प्रत्यारोपण मात्र भएको छ । जवकी देशमा वार्षिक दुईहजार व्यक्तिको ब्रेनडेथ हुने गरेको छ । 
    यो तथ्याङ्क अनुसार हालसम्म १३ जनाको अंग प्रत्यारोपण हुनु दुःखद हो । 
    यसमा जनचेतनाको कमी रहेको छ । 
    देशव्यापी जनचेतना जगाउने उद्देश्यले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा निर्माण गरिएको मस्तिष्क मृत्यु र अंगदान सम्वन्धी जनचेतनामुलक वृत्तचित्र ‘पुनर्जन्म’को आज विशेष प्रदर्शनी भएको छ । 
    १६ मिनेट लामो यो वृत्तचित्रको निर्देशन बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले गर्नुभएको हो । 
    प्रदर्शनीमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव सचिव देवकुमारी गुरागाईँ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, सांसद दुर्लभ थापा, अनुराधा कोइराला, पत्रकार तथा कलाकारहरुको सहभागिता रहेको थियो । 
     यस्तै बरिष्ठ कलाकारहरु मदनकृष्ठ श्रेष्ठ, हरिवंश आचार्य , किरण केसी, दिनेश डिसी, स्वता खड्कासहितका कलाकारहरुको समेत उपस्थिति रहेको थियो । 
     
    कार्यक्रममा प्रत्यारोण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु सम्ब्न्धि कानुन आएपनि कार्यान्वयन पक्ष फितलो रहेको बताउनुभयो । डा.श्रेष्ठले मानिसहरु नसर्ने रोगको चेपुवामा परेको स्मरण गर्दै देशमा नसर्ने रोगको प्रकोप बढीरहेको बताउनुभयो । उहाँले मस्तिष्क मृत्यु सम्बन्धि कानुन कार्यान्वयनमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो । 
    आधुनिक जिवनशैलीले नसर्ने रोगको प्रकोप बढीरहेको भन्दै उहाँले खानेकुरामा पनि ध्यान दिन छाडेको बताउनुभयो ।  देशको लागि योग्य नागरिक बनाउने हो भने अंगदान गर्नै पर्ने उहाँको धारणा छ । अंगदान सबै व्यक्तिमा  खुकुलो गराउने हो भने अङ्गको ब्यापार हुन सक्नेतर्फ पनि सचेत गराउनुभयो ।  युरोप, अमेरिकमा ८० प्रतिशत प्रत्यारोपण अंगदान बाट हुने भन्दै यशियामा भने कठिनायी रहेको बताउनुभयो । 

    images

    उहाँले भक्तपुरमा संसारको  जुनसुकै प्रत्यारोपण केन्द्र भन्दा राम्रो संग प्रत्यारोपण हुने दाबी गर्नुभयो । 
    हामीहरुले गाडी तथा बाइकको  सर्भिसिङ गर्छौ तर आफ्नो शरिरको एक वर्समा पनि परीक्षण नगर्ने बानी रहेको उहाँको भनाई छ । 
    चिकित्सकको परामर्श बिना एन्टिबायोटिक औषधि नखान आग्रह गर्नुभयो । 
    उहाँले नसर्ने रोगबाट बच्न उच्चरक्तचाप ठिक ठाउमा राख्न पनि सुझाव दिनुभयो । 
    डा.श्रेष्ठले प्रत्यारोपणको लागि  ५÷७ महिना कुर्नुपर्ने बाध्यता रहेको भन्दै यसलाइ अन्त्य गर्न स्थानको अभाव रहेको बताउनुभयो । 


    मन्त्रालयको प्राथमिकतामा प्रत्यारोपण केन्द्रः मन्त्री बस्नेत


    स्वास्थ्य तथा जनसंख्याको मन्त्री मोहन बहादुर  बस्नेतले स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र परेको बताउनुभयो । उहाँले केन्द्रमा स्थान अभाव रहेको भन्दै त्यसलाई जग्गा खोजेर अन्यत्र सार्ने बताउनुभयो । 
    उहाँले २२ बर्ष अगाडी स्वास्थ्यको दरबन्दी ३३ हजार रहेको भन्दै अहिले पनि त्यो संख्या घटेर ३१ हजार पुगेको बताउनुभयो । आफू राजनीतिक कार्यकर्ता भन्दा सामाजिक कार्यमा बढी गर्दै आइरहेको जानकारी दिदै उहाँले सिमित श्रोत साधानले धेरै काम गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभयो । अस्पताल चाहे सरकारि हुन या निजि हुन १० प्रतिशत निशुल्क गर्न सकेका थिएनन् , उहाँले भन्नुभयो,“आफुले त्यसलाइ कार्यान्वयन गर्न सफल भएको छु ।” 
     २२ जिल्लाका बिपन्नले विपन्नको कार्ड देखाएपछि स्वत निशुल्क उपचार पाउनुपर्ने उहाँको भनाई छ । 
    सबै अस्पताल र प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु गर्नुपर्ने भन्दै यसले अस्पताललाइ पनि फाइदा हुने बताउनुभयो । मन्त्रालयको प्राथमिकतामा प्रत्यारोपण केन्द्र पर्छ। उहाँले रोग लागेपछि औसधि खुवाएर निको पार्नुभन्दा रोग लाग्नै नदिनलाइ लाग्नुपर्ने बताउनुभयो । जनचेतनामा वृत्तचित्रले ठुलो काम गर्ने उहाँको भनाई छ । 
     स्वास्थ्य ठिक राख्नलाइ शारीरिक ब्यामलाइ ध्यान दिनुपर्ने भन्दै आफू पनि चार घन्टा सुतेर अरु समय काम गरीरहेको बताउनुभयो । 
    उमेर केहि होईन जिवन क्रियाशिल र अनुशाशित  हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 


     प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनुपर्छः दुर्लभ थापा


    नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले ३ वटा अस्पताललाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो । वर्षेनी यस्ता कुरा उठेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले क्रसम्याच नमिलेर छटपटिएका बिरामी धेरै रहेको बताउनुभयो ।  एउटा प्राङ्गणमा ३ अस्पताल रहेको भन्दै यीनीहरुलाइ प्रतिष्ठानको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 
    बजेटमा मात्रै प्रतिष्ठानको कुरा आउछ तर लागु भएको छैन। देशमा मात्रै होइन भारतबाट पनि बिरामीहरु आउने गरेका छन। बुझिसके पछि पनि अङ्ग दान नगरेको अवस्था छ। हामि अरुलाइ दान गर्न प्रेरित गर्छौं , आफु दान गर्दैनौ। उहााँको गुनासो छ । केन्द्रलाइ विस्तार गएनुपर्ने उहाँको भनाइ छ । राजनीतिको कारणले गर्दा अस्पताल सुधार हुन नसकेको भन्दै अस्पतालमा मैले गरेको भन्ने होडबाजी गर्नुपर्ने कारण केही छैन भन्नुभयो । 

    स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाइले पुनर्जन्म वृत्तचित्रलाइ सबै विद्यार्थीमाफ पुर्याउनुपर्ने बताउनुभयो । नीति तथा कार्यक्रममा सात प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरिने उल्लेख गरेको भन्दै त्यसलाई सात प्रदेशमा लानुपर्नेमा जोड दिनुभयो । 
    पोखरा र  सुर्खेतमा निरन्तर मिर्गौला प्रत्यारोपण भइरहेको छ। अब अन्त पनि बिस्तार गरेर लानुपर्छ। भनेजस्तो जग्गा पाउन मुस्किल परेको छ। सरकार अस्पतालको बिस्तारको लागि लागेको छ। उहाँको भनाई छ । 
    अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमहरुको प्रयोग गर्ने क्रममा बृत्तचित्र समेत बनाइएको बताउनुभयो । 

    प्रत्यारोपित मिलन श्रेष्ठले आफू १५ बर्षको हुँदा प्रत्यारोपण गरेको बताउनुभयो । मिर्गौला रोगले गर्दा कलेज स्कुल छोडनुपर्ने अबस्था आएको बताउनुभयो ।  
    वृत्तचित्र निर्देशक सराना श्रेष्ठले केही गरौँ भन्ने भावनाले वृत्तचित्र निर्माण गरेको बताउनुभयो । श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरुको सहभागिता नबढी रहेको बताउनुभयो । 

    यसैगरी स्वास्थ्य विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले ८ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी नीति बनाएको बताउनुभयो । उहाँले त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो । 
    कार्यक्रममा डा कल्पना श्रेष्ठ, मह जोडी लगायतले बृत्तचित्रको विषयमा धारणा प्रस्तुत गर्नुभयो ।

    हेर्नुस पुनर्जन्म वृत्तचित्र 

     

     

    ृ

    प्रतिक्रिया दिनुहोस
    थप समाचार