• बिहीबार , ५ कात्तिक २०८३
  • images

    आज पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप दिइदै

    आज पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप दिइदै

    हेल्दीखबर
    आइतबार, वैशाख ३१ २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख ३१ २०८०
    आज पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप दिइदै
    तस्वीरः युएन


    काठमाडौँ, ३० वैशाख । नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदैछ । 
    सरकारले देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउन लागेको हो । 
    सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदैछ। 
    रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार