• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    नविकरण नभएका तथा सञ्चालन अनुमति नलिएका एम्बुलेन्सलाई रोक लगाउने तयारी

    नविकरण नभएका तथा सञ्चालन अनुमति नलिएका एम्बुलेन्सलाई रोक लगाउने तयारी

    हेल्दीखबर
    बुधबार, वैशाख २० २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख २० २०८०
    नविकरण नभएका तथा सञ्चालन अनुमति नलिएका एम्बुलेन्सलाई रोक लगाउने तयारी
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


    काठमाडौँ, २० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन अनुमति नलिएका एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने भएको छ । 
    मन्त्रालयले नवीकरण नभएका  एम्बुलेन्सलाई समेत सञ्चालनमा रोक लगाउने भएको छ ।
    मन्त्रालयले सञ्चालन अनुमति नलिएका वा नवीकरण नगरेका एम्बुलेन्सहरुलाई ३५ दिन भित्र अनुमति लिन वा नवीकरण गर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै तोकिएको अवधी भित्र अनुमति नलिई वा नवीकरण नगरी सञ्चालन गरिएको पाईए कानून बमोजिम कारवाही गरिने समेत चेतावनी दिएको छ ।

    images

    राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स अनुमति तथा दफा ९ मा हरेक दुई दुई वर्षमा सञ्चालन अनुमति नवीकरण गर्नु पर्ने व्यवस्था छ । तर यस व्यवस्थालाई वेवास्ता गर्दै कतिपय सञ्चालकहरुले निर्वाध रुपमा एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् ।

    त्यसो त निर्देशिकाले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्ने, त्यसका लागि देशभर १०२ अंङ्कको टेलिफोन नम्बरबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था उल्लेख छ ।
     
    त्यसबाहेक अब सञ्चालन हुने एम्बुलेन्स निर्देशिकामा तोकिएको मापदण्ड, जीपीएस जडान भएको हुनुपर्नेछ । त्यसले कुन एम्बुलेन्स कहाँ छ, भनेर थाहा हुने र नजिकको बिरामीलाई छिटो गरी सेवा पुरयाउन सहज हुने बताइएको छ ।

    कानूनले राजश्व छुटमा भित्रिएका एम्बुलेन्सहरु १० बर्ष पछि चल्न पाउँदैनन् । 
    अहिलेसम्म जीपीएस जडान गर्ने एम्बुलेन्स ६ सयको हाराहारीमा रहे पनि सफ्टवेरमा आवद्धता हुने एम्बुलेन्स ८१ वटा मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

    हरौँ सूचना 

    ambulance suchana.png

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार