• सोमबार, १५ भदौ २०८३
  • images

    खोप समय परिवर्तन, अब १४ हप्ता र ९ महिनामा लगाईने

    खोप समय परिवर्तन, अब १४ हप्ता र ९ महिनामा लगाईने

    हेल्दीखबर
    मंगलबार, पुस १२ २०७९
    हेल्दीखबर
    मंगलबार, पुस १२ २०७९
    खोप समय परिवर्तन, अब १४ हप्ता र ९ महिनामा लगाईने


    काठमाडौँ,१२ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ। 
    यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताउनुभयो। उहाँकाअनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन्। रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार