• सोमबार, १५ भदौ २०८३
  • images

    विद्युतीय दर्ता नम्बर नभई खोप लगाउन नपाईने 

    विद्युतीय दर्ता नम्बर नभई खोप लगाउन नपाईने 

    आइतबार, साउन १७ २०७८
    आइतबार, साउन १७ २०७८
    विद्युतीय दर्ता नम्बर नभई खोप लगाउन नपाईने 


    काठमाडौं । अबदेखि विद्युतीय दर्ता नम्बर नभई खोप लगाउन नपाईने भएको छ । काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस  बिरुद्धको खोप लगाउँन पाईने व्यवस्था गरेको छ । काठमाडौ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले अब देखि जुनसुकै खोप लगाउनका लागि विद्युतीय रजिष्ट्री गर्नुपर्ने बताउनुभयो ।  उहाँले स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने बताउनुभयो । ५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार