काठमाडौं । आज देशभर थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा तीन हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना देखिएको हो। यसैगरी ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ११ सय ४४ जना म सक्रिय कोरोना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।