• सोमबार, १५ भदौ २०८३
  • images

    काठमााडौँका प्रमुख अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न महानगरको निर्देशन

    काठमााडौँका प्रमुख अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न महानगरको निर्देशन

    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ २१ २०७९
    काठमााडौँका प्रमुख अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न महानगरको निर्देशन
    काठमाडौं महानगरपालिका


    काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका तीन ठूला अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न निर्देशन दिएको छ । 
    ती अस्पतालमा स्वयम्भुस्थित प्रस्तावित मनमोहन मेमोरियल कलेजको शिक्षण अस्पताल, सिविक अस्पताल र डेन्टल कलेज सामाखुसी रहेका छन् । एक सूचना जारी गर्दै महानगरले ती अस्पताललाई  १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ

    महानगरपालिका राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताउनुभयो ।

    मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उहाँको भनाई छ । 

    ‘पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गइ नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु हुन अनुरोध छ,’ उक्त पत्रमा थप भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने छ।’
    हेरौँसूचनाःNo description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार