काठमाडौँ । आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ५ सय ५७ नमुना परीक्षण गर्दा २ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८३, ललितपुरमा १७ र भक्तपुरमा ५ जना गरी उपत्यकामा १ सय ५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ५८ रहेको छ । त्यसैगरी आइसीयूमा ४६ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।