• बुधबार, ४ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मी बोगटी रुखमा झुण्डिएको अवस्थामा मृत फेला  

    स्वास्थ्यकर्मी बोगटी रुखमा झुण्डिएको अवस्थामा मृत फेला  

    हेल्दीखबर
    मंगलबार, साउन २४ २०७९
    हेल्दीखबर
    मंगलबार, साउन २४ २०७९
    स्वास्थ्यकर्मी बोगटी रुखमा झुण्डिएको अवस्थामा मृत फेला  

     हुम्ला । शुक्रबारबाट बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिनुभएको छ।  ताँजकोट गाउँपालिका– ४ का  १९ वर्षीय स्वास्थ्यकर्मी जीवन बोगटी  सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा  मृत भेटिनुभएको हो।  छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुका अनुसार  स्वास्थ्य संस्थादेखि घर फर्कने क्रममा मृत अवस्थामा फेला पर्नुभएको हो।

    वेलुका स्वास्थ्य संस्थाबाट विदा भएर गएका बोगटी अचानक चार दिनपछि ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला पर्नुभएको जो। फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो । 

    images

    मृत अवस्थामा झुण्डीएका बोगटीको लाशको पोष्टमार्टमका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार