काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ९१५ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआरबाट ५९० र एन्टिजेनबाट ३२५ जनाका कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।
बुधबारको डा।अधिकारीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा ३०९१ पीसीआर र २९९१ एन्टिजेन गरी ६००२ कोरोना परीक्षण भएको छ ।
३०१ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।
अघिल्लो साता संक्रमणदर १२ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको अधिकारीले बताउनुभयो।
डा।अधिकारीका अनुसार ४३ जना कोरोना संक्रमित आइसीयूमा उपचार भइरहेको छ । यसमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ ।