काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त हुनुभएको छ। आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गर्नुभएको हो। संग्रौला कांग्रेस नेतृ डिला उपाध्याय संग्रौलाका श्रीमान हुनुहुन्छ। अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त हुनुभएको छ । यसअघि उहाँ अस्पतालका सहायक निर्देशक पदमा हुनुहुन्थ्यो । उपकुलपति गिरीको सिफारिसमा सिनेटमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की सदस्य थपिनु भएको छ।