• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मापदण्ड विपरीत सञ्चालन भएका प्रयोगशाला बन्द गर्ने स्वास्थ्य राज्यमन्त्रीको चेतावनी

    मापदण्ड विपरीत सञ्चालन भएका प्रयोगशाला बन्द गर्ने स्वास्थ्य राज्यमन्त्रीको चेतावनी

    हेल्दीखबर
    शुक्रबार, असार ३१ २०७९
    हेल्दीखबर
    शुक्रबार, असार ३१ २०७९
    मापदण्ड विपरीत सञ्चालन भएका प्रयोगशाला बन्द गर्ने स्वास्थ्य राज्यमन्त्रीको चेतावनी
    अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले मापदण्ड विपरीत सञ्चालन भएका प्रयोगशाला बन्द गर्ने स्वास्थ्य राज्यमन्त्रीको चेतावनी दिनुभएको छ । 
     किर्तीपुरस्थित आर्युवेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्यावको निरीक्षण गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।  आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको बताउनुभयो । 
    उहाँले नेपालमा पाइने जडीवुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो  । मन्त्री केसीले अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग रहेको बताउनुभयो ।  धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदो रहेछ । यस विषयलाई मैले गम्भिर रुपमा लिएको छुँ ।’ उहाँले नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताए । हाल केन्द्रमा एक जना ११ औं तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन् । अन्य सबै कर्मचारीहरु करारमा काम गर्दै आएका छन् । 
    यस्तै, नेसनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले मापदण्ड नपुगेको ल्यावले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशिलतामा प्रश्न उठ्ने बताउनुभयो । उहाँले ‘अहिलेपनि केहि प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको बताउनुभयो  । मापदण्डमा रहि प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छो । नत्र भने कारबाहि गर्नुको विकल्प छैन ।’ सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताउनुभयो ।  स्वास्थ्य प्रयोगशाला स्थापना सञ्चालन मापदण्ड सम्बन्धी निर्देशीका २०७३ जारी भएको छ । अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाको पनि उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार