• सोमबार, १५ भदौ २०८३
  • images

    काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

    काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

    हेल्दीखबर
    सोमबार, असार २७ २०७९
    हेल्दीखबर
    सोमबार, असार २७ २०७९
    काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

    काभ्रेपलाञ्चोक। काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । 
     
     “काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत  गरेको अनुमान गर्न सकिन्छ” कार्यालयप्रमुख डा पुरुषोत्तम सेडाइँले भन्नुभयो । उहाँका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ ।  जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

     जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार