• बिहीबार , ५ कात्तिक २०८३
  • images

     ११ वर्षसम्मका बालबालिकाले लगाउन मिल्ने २३ लाख खोप  आइपुग्यो

     ११ वर्षसम्मका बालबालिकाले लगाउन मिल्ने २३ लाख खोप  आइपुग्यो

    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
     ११ वर्षसम्मका बालबालिकाले लगाउन मिल्ने  २३ लाख खोप  आइपुग्यो

      काठमाडौं । पाँच  देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरस विरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
    कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाले जानकारी दिए। 

    खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई  यो खोप दिइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिएको छ। 

    images

    पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

    देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार