• सोमबार, १५ भदौ २०८३
  • images

    त्रिशुली अस्पतालकोे ५७औँ वार्षिकोत्सव सम्पन्न अब प्रविधिमैत्री बनाइने 

    त्रिशुली अस्पतालकोे ५७औँ वार्षिकोत्सव सम्पन्न अब प्रविधिमैत्री बनाइने 

    मंगलबार, साउन १२ २०७८
    मंगलबार, साउन १२ २०७८
    त्रिशुली अस्पतालकोे ५७औँ वार्षिकोत्सव सम्पन्न अब प्रविधिमैत्री बनाइने 


    काठमाडौँ ।
    नुवाकोटस्थित त्रिशुली अस्पतालले ५७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। आइतबार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले त्रिशुली अस्पताल देशभरकै सरकारी अस्पतालमा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले देशभरको सरकारी अस्पतालहरूमा उत्कृष्ट हुन सफल त्रिशुली अस्पतालले जिल्लामा रहेका निजी स्वास्थ्य संस्थाहरुमा भन्दा राम्रो सेवा दिइरहेको अवस्थामा गुणस्तरीय सेवा लिन अब निजी अस्पताल धाउनु नपर्ने बताउनुभएको छ ।
    त्रिशुली अस्पताललाई अब प्रविधिमैत्री बनाइने भएको छ। समारोहमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेले चालुआर्थिक वर्षमा अस्पतालले दिने सेवालाई प्रविधि मैत्री बनाउने योजना रहेको जानकारी दिनुभयो । यसअघि अस्पतालले मोबाइल सञ्चार सेवाको सुरुवात गरी कोभिड परीक्षणको लागि पी.सी.आर गरिएका बिरामीको रिपोर्ट, ल्याब सेवाको रिपोर्ट सिधै सेवाग्राहीको मोबाइलमा पठाउने कार्यको थालनी गरेको थियो अहिले ९ विशेषज्ञ चिकित्सक र १४ जना मेडिकल अधिकृतहरुले अस्पतालमा सेवा दिइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार