• सोमबार, १५ भदौ २०८३
  • images

    महोत्तरी कारागारमा कैदीको मृत्यु

    महोत्तरी कारागारमा कैदीको मृत्यु

    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    महोत्तरी कारागारमा कैदीको मृत्यु


    जलेश्वर : महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव   बिहान २ बजे एक्कासी बेहोस भएका थिए । 

    उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार