काठमाडौ । आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।
यही अवधीमा थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार २ हजार ८६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ९ जनामा र १ हजार १ सय २५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय २ रहेको छ ।