काठमाडौं । भेरी अस्पताल देशभरकै उत्कृष्ट अस्पताल हुन सफल भएको छ। स्वास्थ्य मन्त्रालयले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) अनुसार भेरी अस्पताल देशभरको उत्कृष्ट हुन सफल भएको हो। मापदण्डअनुसार अस्पतालले ६७ अंक ल्याएको छ। मंगलबार मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो । भेरी अस्पतालमा दैनिक ५ देखि ६ सय जनाले सेवा लिन्छन् । अस्पतालले शल्यक्रियासहितका २० वटाभन्दा बढी विशेष सेवाहरु प्रदान गरिरहेको छ । यसअघि अघिल्लो मुल्यांकनमा पनि भेरी अस्पताल ६१ अंकसहित सबैभन्दा उत्कृष्ट केन्द्रीय अस्पताल भएको थियो ।