• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुग्दै

    चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुग्दै

    आइतबार, साउन १० २०७८
    आइतबार, साउन १० २०७८
    चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुग्दै


    काठमाडौँ ।
    सरकारले चीनबाट खरीद गरेको ४० लाख डोज भेरोसेल खोपको चौथो खेप आज काठमाडौँ आईपुग्दैछ । खोप बोकेको नेपाल एयरलायन्सको वाइडबडी विमान केही बेर अघि बेइजिङबाट काठमाडौँका लागि उडी सकेको छ । सो विमान दिउसो २ ः ५ बजे काठमाडौँ अवतरण गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
    गत महिना सरकारले चीनको सिनोफार्म कम्पनीसंग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । त्यसयता आजको सहित ८ – ८ लाखको दरले चारपटक खोप आएको छ । ‘आजको समेत गर्दा ३२ लाख बढी खोप आउने भयो । तर अझै एक खेप आउन बाँकी हुने भयो । यो पनि छिटै ल्याउने  विभाग स्रोतले जनाएको छ ।यसअघि बुधबार र विहीबार खोप १६ लाख खोप आएको थियो । सो खोप प्रदेश तहमा विरण गरिएको बताइएको छ । आज आउने खोप पनि उपत्यका सहित प्रदेशहरुमा वितरण गरिने सरकारको योजना छ । सरकारले अब खोपका लागि अनलाइन नाम दर्ता गरेकाहरुलाई खोप उपलव्ध गराउने नीति लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार