• बिहीबार , ५ कात्तिक २०८३
  • images

    वरिष्ठ नर्स श्रेष्ठलाई ’नाइटिंगेल नर्सिङ अवार्ड’

    वरिष्ठ नर्स श्रेष्ठलाई ’नाइटिंगेल नर्सिङ अवार्ड’

    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    वरिष्ठ नर्स श्रेष्ठलाई ’नाइटिंगेल नर्सिङ अवार्ड’


    काठमाडौं । वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित गरिएको छ । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील श्रेष्ठलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारी हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा सम्मानित गरिएको हो । वरिष्ठ नर्स श्रेष्ठलाई ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ अवार्डबाट सम्मान गरेको हो। यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् ।  
    आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गर्नुभयो ।  सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ क्षेत्रमा सेवा प्रदान गर्दै आउनुभएको छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख तथा आईसीयू विभागमा कार्यरत हुनुहुन्छ ।  सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा सम्मानबापत पाएको रकम आईसीयूमा उपचारार्थ गरिब बिरामीहरुलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार