काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिनुभएको छ।प्रशिक्षक संजयमहर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिनुभएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु मृत भेटिएको जानकारी दिनुभयो।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रच्नुभएको थियो। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिहास रच्नुभएको थियो। सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल हुनुभएको थियो।