• मंगलबार, ३ कात्तिक २०८३
  • images

    ‘सेभ द हार्ट’को दशौं वार्षिकोत्सवः ५४७ जनाको निःशुल्क मुटुको शल्यक्रिया

    ‘सेभ द हार्ट’को दशौं वार्षिकोत्सवः ५४७ जनाको निःशुल्क मुटुको शल्यक्रिया

    एकलाखलाई स्वास्थ्य सेवा

    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    ‘सेभ द हार्ट’को दशौं वार्षिकोत्सवः ५४७ जनाको निःशुल्क मुटुको शल्यक्रिया


    काठमाडौं, २५ बैशाख । ‘सेभ द हार्ट’ दशौं वार्षिकोत्सव मनाएको छ । 
    सो वार्षिकोत्सवका अवसरमा सेभ द हार्टका अध्यक्ष डा.अनिल भट्टराईले सेभ द हार्टले एक दशकको अवधीमा देशभरका २३ जिल्लामा ९६ वटा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले उक्त शिविरबाट एक हजार ३३६ जना शल्यक्रिया आवश्यक भएका बिरामीहरुको पहिचान गरिएको जानकारी दिनुभयो । उहाँले  सेभ द हार्टको सहयोगमा ५४७ जनाले निःशुल्क मुटुको शल्यक्रिया गरिएको बताउनुभयो । उहाँले एकजना बिरामीलाई इटलीमा पठाएर संस्थाले निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाउन सफल भएको बताउनुभयो । 

    No description available.
    उहाँले देशभरका ९९ हजार बढी व्यक्तिलाई निशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिईएको जानकारी दिनुभयो । 
    पूर्वमा ताप्लेजुङदेखि पश्चिमको डोटी लगायत सातै प्रदेशका जिल्लाहरुमा स्वास्थ्य शिविर र सचेतनाका कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । 
    कार्यक्रमका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सेभ द हार्टले नेपाली जनताको स्वास्थ्यमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । 
     गैरसरकारी क्षेत्रबाट मुटु स्वास्थ्य सचेतना र विपन्न नागरिकको उपचारमा भएका कामले राज्यलाई ठूलो सहयोग भएको बतउनुभयो । 
    कोभिड महामारीपछि स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढेको भन्दै तिमिल्सिनाले सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहकार्यबाट स्वास्थ्य क्षेत्रमा प्रगति गर्न सकिने धारणा राख्नुभयो । 
    पूर्व सांसद कृष्णप्रसाद भट्टराईले मुटुरोगका बारेमा व्यक्ति आफै सचेत भई त्यसको रोकथाम र सचेतनामा क्रियाशिल हुनुपर्ने बताउनुभयो । 
    कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा. भगवान कोइरालाले राज्यका तर्फबाट नसर्ने रोगको रोकथाम र सचेतनाका क्षेत्रमा लगानी बढेको बताउनुभयो । उहाँले उक्त लगानी प्रयाप्त र प्रभावकारी हुन नसकेको बताउनुभयो ।  
    यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले आफ्नो अस्पतालले पनि संस्थासँगको सहकार्यमा विपन्न, गरिब र दूरदराजका मुटुरोगीको निःशुल्क र सहुलियत उपचारमा योगदान गरेको बताउनुभयो । 
    कार्यक्रममा सेभ द हार्ट संस्थासँग साझेदारी गरेको इटालीको मिसन बम्बिनीका प्रतिनिधिहरु डा.स्टेफेनो म्यारियान्स्ची, बेन्देता इयोफ्रिडा र मारिया टोरेलीले विभिन्न १० देशमा आफ्नो संस्थाले मुटुरोगका क्षेत्रमा काम गरेको भन्दै नेपालमा पनि उत्कृष्ट सहकार्य गरेको जानकारी दिए । 

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार