काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा बागमती प्रदेशले लगानी गर्ने बताउनुभएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्गले रेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलनको उद्घाटन गर्दै पाण्डेले अध्ययन स्वास्थ्य अनुसन्धानको क्षेत्रमा प्रदेशले लगानी गर्ने बताउनुभएको हो। उहाँले उच्च शैक्षिक संस्था स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको भन्दै विज्ञान तथा प्रविधिसम्बन्धमा अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउन सरकारले नीति पास गरेको जानकारी दिनुभयो।
मुख्यमन्त्री पाण्डेले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अनुसन्धान परिषद्सँग मिलेर अगाडि बढ्न र बजेट तथा कानुनी बन्दोबस्त गर्न पनि बागमती प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो। ‘त्यसका लागि म काउन्सिल अध्यक्ष र पूरै काउन्सिल परिवारलाई आमन्त्रण गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ,अनुसन्धानका क्षेत्रमा खर्च गर्ने बानी कम रहेको र अनुसन्धानमा भएको खर्चलाई फजुल खर्च मान्ने चलन रहेको छ। " अनुसन्धानका क्षेत्रमा अरु ६ प्रदेशलाई बाटो देखाउन बागमती प्रदेश तयार रहेको बताउनुभयो।
पाण्डेले नसर्ने रोगको स्थिति पत्ता लगाउन मुख्यमन्त्री स्वास्थ्य परीक्षण योजना चलाएको जानकारी दिँदै कोभिडका कारण रोकिएको उक्त योजनालाई निरन्तरता दिने बताउनुभयो ।