माेरङ। विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिनुभएको छ । एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आउनु भएको थियो। हाल उहाँ अर्थोपेडिक वार्डमा कार्यरत हुनुहुन्थ्यो । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिनुभएको हो।
उहाँले एमबीबीएस बङ्गलादेशबाट गर्नुभएको थियो। अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।